काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफू वरपरका मान्छेलाई सम्हाल्न सुझाव दिएका छन् ।
लामिछानेले सोमबार बिहान चितवनको नारायणगढमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूविरुद्ध खोया प्रहारको प्रपञ्च रचिएको भन्दै उनको आलोचना गरेका हुन् ।
‘सबै प्रपञ्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीलेरु गृहमन्त्री ज्यू पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुपर्यो तपाईंले,’ लामिछानेले भने।
लामिछानेले आफू सरकार वा वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रेसमा नरहेको बताए।