काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको प्रतिस्पर्धी लोकतन्त्र नै हुने बताएका छन्।
पूर्व प्रधानमन्त्री देउवाले सोमबार पार्टीले मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘त्यसकारण लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो। अझ यसलाई राम्रो बनाउने बाहेक अरु केही हुन सक्दैन’, सभापति देउवाको भनाइ थियो।
देउवाले लोकतन्त्र र गणतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने कुराहरू भएको बताए। उनले संविधानमा बीपीको मेलमिलाप नीतिको केही न केही प्रभाव छ भन्ने आफूलाई लागेको बताए।