काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। मंगलबार पार्टी अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा विगतदेखि विभिन्न सरकारहरुसँग समझदारी र सम्झौता हुँदै आएको परिप्रेक्ष्यमा वतमान सरकार निर्माण हुने बखत पनि हामीले उक्त मुद्दाहरुको विषयमा आफ्ना अडान प्रस्तुत गर्दा सम्मानीय प्रधानमन्त्री ज्यूबाट सो विषयमा प्रतिबद्धता व्यक्त भएपनि हालसम्म कुनै पनि माग पूरा नभएकोले ११ बुँदे माग पुनः स्मरण गराएको उल्लेख छ।
ज्ञापन पत्रमा संविधान अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालसम्म कायम रहेको कानूनी व्यवस्थालाई निरन्तरता दिनुपर्ने उल्लेख छ। लोसपाले मधेश आन्दोलन रथरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्न माग गरेको छ।