काठमाडौं । सडकले छोएको जग्गालाई नछोएको भनी सिफारिस दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेबाराको पचरौता नगरपालिका–४ का वडाध्यक्ष कन्हैयालाल यादवविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।
यादवले साविक बेलदारी गाविस–४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई नछोएको भन्दै सिफारिस दिएको अख्तियारको आरोप छ ।
वडाध्यक्षको सिफारिसका कारण उक्त जग्गा खरिदकर्ता र बिक्रीकर्ताले तिर्नुपर्ने रजिस्ट्रेसन शुल्क र पुँजीकर लाभकर वापत राज्यकोषमा ८ लाख ११ हजा। ९५१ रुपैयाँ घाटा भएको अख्तियारले जनाएको छ ।