काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेहरुले नबुझेका कारणप्रचण्डलाई वामपन्थी देख्ने गरेको भन्दै गुनासो गरेका छन् ।
ओलीले प्रचण्ड कम्युनिस्ट हुन् भने आफू नभएको र आफू कम्युनिस्ट हो भने प्रचण्ड नभएको बताए। ‘म कम्युनिस्ट हुँदा, प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन्। त्यो सम्भव नै छैन। दुइटा एउटै कुरा कसरी हुन्छ। उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ। म शान्तिको पक्षमा हुन्छु। उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ मान्छेलाई। म मिलाउन खोज्छुु, सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने।
आफू र प्रचण्डलाई तुलना गर्दै ओलीले थपे ‘उहाँ मधेस र पहाडको लडाइँ लडाउन खोज्नुहुन्छ। म शान्ति कायम गरेर मेलमिलापसँग अगाडि बढ्नुपर्छ, हामी सबै नेपाली हौँ भन्छु। सबैलाई अधिकार समान दिनुपर्छ भन्छु। उहाँले यो र त्यो धर्म भनेर अनेकथरी झडप गराउन खोज्नुहुन्छ। घृणाको खेती लगाउन खोज्नुहुन्छ। म त्यो गर्दिनँ।’
प्रचण्डले वामपन्थी आन्दोलन कमजोर पार्नका लागि काम गरेको र आफूले मजबुत बनाउनका लागि काम गरेको ओलीको दाबी छ।