काठमाडौं । हिजो झिनो अंकले बढेको शेयर बजार आज फेरि उच्च अंकले घटेको छ । विहीबार सेयर बजार २० अंकले घटेको हो ।
पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ ।
बिहीबार ६२ हजार ४६ वटा कारोबारबाट ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब ७० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो ।