काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्जको वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।
आज (बिहीबार) बिहान वीरेन्द्रचोकमा राजावादीहरुले वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाईफायर समेत गरेको थियो ।
झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडपपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।