काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको श्री एयरको ९ एनएएनएफ जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । जहाजमा समस्या आएपछि सबै यात्रुलाई सकुशल ओरालिएको छ । जहाज क्याप्टेन महेश्वरी डंगोलले चलाएकी थिइन् । जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएको बताइएको छ ।
करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेका जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई जहाजबाट निकालिएको छ । ओरालिएका यात्रुलाई अर्को जहाजमा यात्रुलाई पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ । केही समयअघिमात्र बुद्ध एयरको जहाज पनि ठुलो दुर्घटनाबाट जोगिएको थियो ।