काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को ध्यान ऐन, कानुन बनाउनेतर्फ जान नसकेको टिप्पणी गरेका छन्।
सभामुख घिमिरेले आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
देशमा धेरै ऐन, कानुनहरू बनाउनुपर्ने आवश्यकता भए पनि त्यसो हुन नसकेको उनले बताए।
सभामुख घिमिरेले कतिपय कुरा न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताए। कार्यपालिका र व्यवस्थापिकाका बीचमा समन्वय हुनुपर्ने, ऐन, कानुन कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्ने उनले बताए ।


