काठमाडौं । राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आजको बैठकमा मुलतः राष्ट्रियसभा निर्वाचनको विषयमा दलहरूबीच छलफल भएको जानकारी दिए।
उनका अनुसार यही विषयमा दलहरूबीच अझै छलफल जारी छ। ‘राष्ट्रियसभाको विषयमा छलफल भएको छ। त्यसमा थप छलफल बाँकी छ। अर्को बैठक आज साँझ वा भोलि बिहान बस्नेगरी हामी उठेका छौँ,’ बैठकपछि लेखकले भने।