काठमाडौं । पटक–पटक सर्दै आएको क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको बलात्कार मुद्दाको फैसला गर्न काठमाडौँ जिल्ला अदालतमा आजका लागि पेसी तोकिएको छ।
यसअघि पनि फैसलाका लागि भनेर धेरैपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको थिएन । ।
पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।