काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताएका छन् । उनले आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् ।
नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरू बिचको संघर्ष, सहकार्य र रूपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएको बताएका छन् ।
ुदेशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो,ु उनले भनेका छन्, ुनेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरू बिचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएका हुन् ।ु
उनले गणतन्त्र दिवसमा देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन पनि अपिल गरेका छन् ।