काठमाडौं । हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। सभामुख देवराज घिमिरेले उनको निलम्बन फुकुवा गरेका हुन् ।
संसद सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् । निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् ।
उनीमाथि मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको आरोप लागेको थियो । उनी लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।