काठमाडौं। साहस ऊर्जा लिमिटेडले निष्कासन गरेको सेयर आइतबार ६ लाख ४४ हजार जनालाई बाँडफाँट गरेको छ । कम्पनीले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर वितरण गरेको हो। ११ हजार ९९६ वटा आवेदन रद्द भएको छ। सेयरमा २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए। यसमध्ये २३ लाख ८३ हजार ४६० वटा आवेदन सदर भएको थियो।
कम्पनीले असोज ६ देखि १० गतेसम्म सेयर निष्कासन गरेको थियो। सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता निष्कासन गरिएको थियो। यसबाहेक सामूहिक लगानी कोषलाई साढे तीन लाख र दुई लाख १० हजार कर्मचारीलाई निष्कासन गरिएको थियो।
२ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर बाँडफाँटपछि पुँजी साढे तीन अर्ब पुगेको छ।