काठमाडौं । जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा.दामोदर बसौलालाई बर्खास्त गरेको छ ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले यसअघि २६ असोजमा विभिन्न आरोप लगाउँदै डा। बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका थिए । तर सो निर्णय विरुद्ध डा। बसौला १७ कात्तिकमा सर्बोच्च अदालत गए । सर्बोच्चले ६ पुसमा निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेपछि उनी ८ पुस देखि पुनः काममा फर्किएका थिए ।
यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो ।