काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोध प्रदर्शन, हिंसात्मक गतिविधि र मुठभेडबाट समस्याका निकास हुन नसक्ने बताएका छन् । पूर्व प्रधानमन्त्री ओलीले शुक्रबार संकल्प यात्राका क्रममा तेह्रथुम आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
नेकपा एमाले तेह्रथुमले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रममा ओलीले सल्लाका रुख ढालेर समस्याका समाधान नहुने भन्दै शान्तिपूर्ण व्यवहार प्रस्तुत गर्नु पर्नेमा जोड दिए । बाटाका ढुंगामुढा व्यवधानले समस्याको समाधान नदिनेमा उनले जोड दिए ।