काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन दिनसम्म चलेको बैठकले हिन्दू राष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको दबाब दिन बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ।
पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले राजसंस्था सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको बताए ।
आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरू हुने उनले बताए।
त्यस्तै, फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको उनले बताए।