काठमाडौं । सोमबार बिहान आठ बजेसम्म प्राप्त पछिल्लो नतिजाअनुसार स्थानीय तहको निर्वाचन अन्तर्गत ८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
८३ मध्ये नेपाली कांग्रेसले ३२ वटा स्थानीय तहमा विजयी हासिल गरेको छ भने एमाले २९ स्थानीय तहमा विजयी भएको छ त्यस्तै नेकपा (माओवादी केन्द्र) ले २० पालिकामा जित निकालेको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) ले २ स्थानमा प्रमुख जितेको छ।अहिलेसम्म २५९ स्थानीय तहमा कांग्रेस अगाडि छ भने १७० स्थानमा एमालेको अग्रता छ।
माओवादीले १ सय ६ स्थानीय तहमा अग्रता लिएको छ भने एकीकृत समाजवादीले १८ ठाउँमा अग्रता लिएको छ।
त्यस्तै, अन्य पार्टीले भने अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न सकेका छैनन्। जनता समाजवादी पार्टी नेपालले २८ स्थानीय तहमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ११ स्थानमा अग्रता लिएको छ।