काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।
नगरपालिकाका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवमाथि पनि मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।
०७८/७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरू अनियमितता गरेको आयोगको ठहर छ । ।