काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०म १७ अंकले गिरावट आएको छ। ।
आज ३१६ कम्पनीका ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँ बराबरको कारोबार भएको छ।
निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक आज घटेको छ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३ दशमलव ६५, व्यापार १ दशमलव ७४, लघुवित्त १ दशमलव २० र विकास बैंक १ दशमलव ०९ प्रतिशतले घटेको छ।