काठमाडौं । आजबाट नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ ।
कम्पनीले उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिने जानकारी दिएको छ । छिटोमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले ‘आईआरएन डबल बी’ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।


