काठमाडौं । उचित मूल्य नपाएको भन्दै किसान र बिक्रेताहरुले कालिमाटी तरकारी बजारबाट गोलभेडा सडकमा फ्याकेका छन्।
उनीहरुले भारतबाट आयातित तरकारीका कारण स्वदेशी उत्पादनले उचित भाउ पाउन नसकेको विरोधमा यस्तो गरेका हुन् ।
आइतबार बिहान कालीमाटी बजारमा विरोध प्रदर्शनका क्रममा उनीहरुले बजार क्षेत्रदेखि सडकसम्मै टमाटर पोखेका थिए ।
