काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट थप ४ जना मन्त्री थपिएका छन् । नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
एमालेबाट मन्त्रीमा सपथ लिनेहरुमा केशव पोखरेल र प्रकाश श्रेष्ठ, रामेश्वर श्रेष्ठ र एकालाल श्रेष्ठ रहेका छन् ।
प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रकाशबाहेक अरु तीन जना गत २५ पुसमा शालिकराम जम्कट्टेल मन्त्रिपरिषदकै मन्त्री हुन् ।