काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीले एकल बहुमत ल्याएमा देशमा राजनीतिक स्थायित्व हुने दावी गरेका छन् ।
एमाले बाराको ११ औँ जिल्ला अधिवेसनको कलैयामा सोमवार उद्घाटन गर्दै उनले यस्तो दाबी गरे । ‘एमालेले देशमा स्थिरता ल्याएपछि मात्र विकास हुन्छ,’ उनले भने, ‘मधेसमा मल कारखाना, कोशी मरिण डाइभर्सन, बन्द उद्योगलाई पुनर्जीवन दिने एमालेको अठोट छ ।’ गाउँ नगरदेखि केन्द्रको राजनीति ४० प्रतिशत यूवा समेटेर पार्टी अगाडि बढ्ने उनले बताए ।
राजनीतिक स्थिरता ल्याउने पार्टीको पहिलो प्राथमिकता र संकल्प रहेको उनको भनाइ छ । ‘मुलुकमा राजनीतिक स्थिरता नभएसम्म विकास हुदैन, त्यसैले राजनीतिक स्थिरताका लागि पनि जनताले एमालेलाई बहुमत दिनुपर्छ,’ उनले भने, ‘देशमा एमालेको आवश्यकता छ ।’