काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्सेमा उच्च अंकले बृद्धि भएको छ । मंगलबार नेप्से ५४.५४ अंकले बढेको हो । आज आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिनाअगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो ।
यस दिन २१४ कम्पनीको सेयर मूल्य बढेको छ । ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।


