काठमाडौं । आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्दैछ।
आजको बैठकको सम्भावित कार्यसूचीमा तीनजना मन्त्रीले सांसदहरुका प्रश्नको जबाफ दिने रहेको छ ।
आज वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पर्यटनमन्त्री हितबहादुर तामाङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।
त्यसैगरी आजको संस्द बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। त्यस्तै कानुनमन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ।