काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्।
आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ(आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।
आजको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएलगत्तै सहकारीको रकम हिनामिनामाथिको छानबिन रोकिएको र सहकारी पीडितहरु झन् पीडित भएको बताए ।