काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुन तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन पनि तोलामा एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


