काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। आज एक अमेरिकी डलरको खरिदर १३० रुपैयाँ ८० पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ४० पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ४६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ३४ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ९४ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ५० पैसा छ।


