काठमाडौं । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका आनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ भने एक युरोको खरिद दर १४१ रुपैयाँ ३६ पैसा र बिक्री दर १४२ रुपैयाँ शून्य पैसा कायम गरेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७६ पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


