काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आइतबार एकसय भारतीय रूपैयाँको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४२ रूपैयाँ २९ पैसा रहेको छ। हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा रहेको थियो । साथै, युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ १० पैसा र बिक्री दर १६५ रूपैयाँ ८५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ७३ पैसा र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १५ पैसामा कारोबार गर्न सकिनेछ ।


