काठमाडौं। शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँले घटेको हो।
बिहीबार सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य दुई दिनदेखि प्रतितोला १३ सय ७० रुपैयाँमा स्थिर छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर उक्त मूल्य कायम भएको थियो।


