काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको समीकरण मिशन ८४ सम्म कायम राख्ने बताएका छन् । महासचिव पोखरेलले नेकपा ९एमाले०ले आयोजना गरेको राष्ट्रिय महिला भेलाको समापन गर्दै यस्तो बताएका हुन् ।
‘अहिलेको समीकरण मिशन–८४ सम्म कायम राख्न चाहन्छौँ’, उनले भने, ‘जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो । जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो । मिशन–८४ मा त्यस्लाई अन्त्य गर्न चाहन्छौँ । त्यसैकारण यो समीकरणलाई मिशन–८४ सम्म लिएर जान चाहन्छौँ ।’