काठमाडौं । आज दिउँसो नेपाल र वेष्ट इण्डिज ‘ए’बीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी–२० खेल हुँदैछ।
पाँच खेलको सिरिजमा २–१ ले अग्रता बनाएको पाहुना टोली वेष्ट इण्डिज आजको खेलमा नेपाललाई हराउँदै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।
यता नेपाल भने चौथो खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ। सिरिजको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपालले त्यसपछिका दुई खेल गुमाएको छ।
सिरिजको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलको नतिजा पनि वेष्ट इण्डिजलाई नै सुम्पेको थियो। तेस्रो खेल नेपालले ७६ रनले गुमाएको थियो।