काठमाडौं । सरकारले सहकारी पीडितको लागि केही काम नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्दैछ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गरे अनुसार कांग्रेसले आजदेखि सडक प्रदर्शन सुरू गर्न लागेको हो।
काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार दिउँसो २ बजे प्रदर्शन सुरू हुने बताइएको छ। त्यसमा केन्द्रीय कार्यसमितिका नेताहरू सहभागी हुनेछन्।
सो अनुसार सातै प्रदेश र जिल्लाहरूमा पनि कांग्रेसले प्रदर्शन गर्न लागेको हो।