काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
सुरुमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरेर छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै लामो समय संसद् अवरुद्ध गरेको थियो।
तर अन्ततः उसले बजेट ल्याउने दिने जेठ १५ गते उनको नाम नलेख्ने तर उनी संलग्न सहकारी र संस्था उल्लेख गर्नेमा सहमति जनाई छानबिन समिति गठन गरेको थियो।
‘