काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले जस्तोसुकै अडान लिए पनि ब्यक्तिका नाममा छानबिन गर्न समिति नबन्ने जिकिर गरेका छन् ।
उनले आज सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो धारणा राखेका हुन् ।
‘कांग्रेसले आत्महत्या गर्छु भन्ने जसरी नै प्रस्तुत भए पनि यो माग पूरा हुने म देख्दिनँ। यो माग कानुनसम्मत पनि छैन, नियमसम्मत पनि छैन, । नेपाली कांग्रेसले समिति माग गरेको होइन, समितिको नाममा सरकार माग गरेको हो। त्यो कुरा सम्भव छैन। नेपाली कांग्रेसले जसरी अघि बढाएको छ, त्यो असम्भव हो ।’