काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् ।
गत मंगलबार नागरिकतासम्बन्धी काठमाडौंबाट पक्राउ परेका उनी अहिले ललितपुरको मेडिसिटी अस्पतालमा छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा रिहा गरिएको जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले स्वीकृति दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई ललितपुर प्रहरीले मेडिसिटी अस्पतालबाटै हिरासतबाट मुक्त गरेको हो ।
रिहा भएका सिरोहियाको बुधबार जिल्ला अदालत धनुषामा चौथो पेसी छ । उनी उक्त पेसीका क्रममा काठमाडौंबाटै भिडिओ कन्फरेन्स कलबाट उपस्थित हुने भएका छन् ।