काठमाडौं । बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले उनलाई दोषी करार गरेको हो ।
सम्बन्ध विच्छेद भइसकेपछि पनि उनले पूर्वश्रीमतीकहाँ गई जबरजस्ती शारीरिक सम्बन्ध राखेको अभियोगमा न्यायाधीश गिरी दोषी ठहर भएका हुन्।
न्यायाधीश गिरी सर्वोच्च अदालतको आदेशले हाल थुनामै छन्। जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश छँदा गिरीमाथि यो अभियोग लागेको थियो। त्यही अभियोगका कारण उनी न्यायाधीश पदबाट निलम्बित थिए।