काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।
पार्टीको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो।
जनमतका नेता विपी शाहले पार्टी औपचारिक निर्णयको प्रक्रियामा रहेको जानकारी दिए। जनमत पार्टीका ६ जना सांसद छन्।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन्।