काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा ल्याएको बताएका छन् ।
उनले विहीबार विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै उनले त्यसकै लागि एक लाख रिटर्नीलाई स्वरोजगार बनाउने घोषणा बजेटमा गरिएको बताए ।
वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले रेमिट्यान्सबाट अर्थतन्त्रको उत्पादनशीलता वृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागिपरेको पनि जानकारी गराए ।