काठमाडौं । आज पनि सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेशबारे टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच बैठक बस्दै छ ।
बिहान ९ बजे बस्ने बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदैछन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले टुंगोमा पुग्न बाँकी रहेका विषयमा शीर्ष नेताबीच छलफल हुने बताए ।
स्रोतका अनुसार कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्न सहमत भएको थियो, तर पछि गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक भनेर लेख्नुपर्ने नयाँ अडान लिएको छ । यसमा सत्तापक्ष सहमत छैन ।