काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अधिवेशन अन्त्य गर्नबाट बचाउनका लागि आफ्नो पार्टी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने शर्तबाट पछि हटेको दाबी गरेका छन् ।
बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका थापाले सरकारले केही दिन संसद् पेलेरै चलाएर अधिवेशन अन्त्य गर्न खोजेपछि आफूहरू सम्झौतामा जानुपरेको बताए ।
उनका अनुसार संसद् अधिवेशन अन्त्य गरेर सरकार समिति नबनाउने दिशामा अघि बढेपछि रविको नाम नराखेर भए पनि समिति बनाउने कुरामा सहमति गरिएको हो ।