काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफूले संसदमा पेश गरेको आगामी वर्षको बजेट उत्पादनमुखी रहेको दावी गरेका छन् ।
मन्त्री पुनले मंगलवार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि उठाएका प्रश्नको जवाफ दिँदै यस्तो दाबी गरेका हुन्।
उनले सरकारले बजेट पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी,जनताका अहिलेका आवश्यकता,निजी क्षेत्रको मनोबल उकासने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खाज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट ल्याएको बताए।
उनले आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको स्पष्ट पारे।