काठमाडौं । आफूहरुको सेवा सुविधा बढाउन माग गर्दै संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि यस विषयर्मा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको हलमा बसेको बैठकमा दुवै सभाका पदाधिकारी,प्रमुख सचेतक, मुख्य सचेतक,संघीय संसदका महासचिव र सचिवालय सचिवसहितसँग छलफल भएको हो।
कर्मचारीहरूले तलब र अतिरिक्त भत्तालगायतका सेवा सुविधा बढाउन माग गर्दै आन्दोलित भएका छन्।