काठमाडौं । समसामयिक विषयमा छलफल गर्न आज दिउँसो नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै छ ।
कांग्रेसले आज संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।