काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेर भागेका जीबी राईलाई पक्राउ गर्ने कुरामा शंका रहेको बताएका छन् । उनले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
गृहमन्त्रीले अहिलेसम्म बोलेका कुनै कुरा दिगो र सत्य नभएको उनले उल्लेख गरे । ‘जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने’ धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको उनले बताए ।
उनले जीबी राईलाई पक्राउ गर्न गृहमन्त्री अग्रसर नदेखिएको आरोप लगाए ।