काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टीभित्रै फोहोर रहेकोले त्यसलाई सफा गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको बताएका हुन् ।
थापाले सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए । उनले कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा नहुने तर्क गरे । । उनले भने, काँग्रेसभित्रको फोहोर सफा गर्ने सन्दर्भमा कांग्रेसभित्रको फोहोर थोरै छ । कांग्रेसभित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,’ महामन्त्री थापाले भने ।