काठमाडौं । काठमाडौं महानगरपालिकाले टी–२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल टुँडिखेलसहित ३ ठाउँबाट प्रत्यक्ष देखाउने भएको छ ।
महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको हो ।
टुँडिखेलमा ३० बाई १८ फिटको एलईडी स्क्रिन राखेर देखाउने महानगरले जनाएको छ । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण हेर्न मिल्ने देखाएको हो ।
टुँडिखेलमा हुने प्रत्यक्ष प्रशारणमा मेयर बालेन शाह पनि सहभागी हुने ओपन डोर इन्टरटेनमेन्टले जनाएको छ । टुँडिखेलमा खेल सुरु हुनुअगाडि इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति रहने महानगरले जनाएको छ ।