काठमाडौं । बिहीबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा पुगेको छ।
आज जम्मा ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँमा खरिदबिक्री भए।
बुधबार ५ अर्ब ८९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समृद्धि फाइनान्स,कुथेली बुखारी र साधना लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।